काठमाण्डौ । एक्विजिसन प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक लिमिटेड र हाथवे फाइनान्स कम्पनी लिमिटेडले आउँदा साउन १४ गते एकैपटक विशेष साधारणसभा गर्ने भएका छन् । 

विशेष साधारणसभा ग्लोबल आईएमई बैंकको काठमाण्डौमा र हाथवे फाइनान्सको धरानमा हुनेछ। 

दुवै विशेष साधारणसभामा ग्लोबल आईएमईले हाथवे फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा सञ्चालक समितिहरुका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

ग्लोबल आईएमईले हाथवले फाइनान्सलाई प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात दुवैको विशेष साधारणसभामा स्वीकृत गरिनेछ । 

त्यस्तै ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा प्राप्तिसम्बन्धी अन्य प्रक्रिया पूरा भएको हुँदा हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति प्रदान गरिनेछ । 

हाथवले फाइनान्स कम्पनी लिमिटेड ग्लोबल आईएमई बैंकमा प्राप्तिपछि प्राप्तिसम्बन्धी सम्झौतापत्रअनुसार बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोबमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, हेरफेर गर्न र उपयुक्त व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी दिनसम्बन्धी प्रास्ताव पनि विशेष साधारणसभाले पारित गर्नेछ । 

हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गर्ने सन्दर्भमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न कुनै निर्देशन दिएमा सोसमेत मिलाई संशोधन गर्न तथा प्राप्ति सम्बन्धमा गर्नुपर्ने अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्यियारी प्रदान गर्ने निर्णय पनि विशेष साधारणसभाले पारित गर्ने छ । 

हाथवले फाइनान्सललाई प्राप्ति गर्न लागेको ग्लोबल आइएमई बैंकले जनता बैंक नेपाल लिमीटेड मर्जरको सम्झौता भईसकेको छ । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००स् ८५ को सेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता गरेको हो । 

दुई बैंक एकीकृत भई बन्ने ठूलो बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहने सहमति भएको बुझिएको छ । सहमतिअनुसार एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा जनता बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्री रहनेछन् भने वरिष्ठ डेपुटी सीइओमा ग्लोबल आइएमई बैंकका कामु सीइओ महेश ढकाल रहनेछन् । 

सकेसम्म मर्जर प्रक्रियालाई चाँडै सक्ने गरी काम अगाडि बढाउने विषयमा दुवै बैंक सहमति भएका छन् ।