काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा एक्सेल डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य रुपमा  कमी आएको छ भने हाम्रो विकास बैंकको नाफा सन्तोजनक देखिएको छ । दुवै बैंकले आइतबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिको प्रगति विवरण अनुसार एक्सेलेको नाफा करीव ४० प्रतिशक घटेको छ भने हाम्रो विकास बैंकको नाफा २५ प्रतिशले वृद्धि भएको देखिएको छ ।

समीक्षा अवधिमा एक्सेलको खुद ब्याज आम्दानी १ प्रतिशतमात्र वृद्धि भएको छ । गत वर्ष यही अवधिमा २३ करोड २५ लाख २४ हजार खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष भने २३ करोड ८४ लाख ५५ हजार खुद व्याज आम्दानी गरेको हो । 
बैंकको सञ्चालन मुनाफामा भने करीव ८ प्रतिशतले कमी आर्य १५ करोड २३ लाखमा  सीमित भएको छ । गत वर्ष बैंकले १६ करोड ५६ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । 

बैकले खराब कर्जा अनुपात समेत बढाएर १ दशमलव १८ प्रतिशत कायम गरेको छ । प्रतिशेयर आम्दानीमा करीव ६६ प्रतिशले गिरावट आइई २१ दशमलव ४९ रुपैैया कायम भएको छ । 

४ अर्ब २१ करोड कर्जा प्रवाह गरेको बैंकले ४ अर्ब ५४ करोड निक्षेप संकलन गरेको छ । बैंकको चुक्ता पूँजीमा ८० प्रतिशत वृद्धि भई ६९ करोड २६ लाख पुगेको छ भने २२ करोड २८ लाख जगेडा कोष रहेको छ ।

उता २५ प्रतिशत नाफा बढाएको हाम्रो विकास बैंकको खुद नाफा ३ करोड ८७ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ करोड १ लाख मात्र नाफा आर्जन गर्न सकेको थियो । 

बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी तथा कराब कर्जा असुलीमा समेत प्रगति गरेकाले नाफा वृद्धि हुन पुगेको हो । गत वर्ष ६ करोड १९ लाख ब्याज आम्दानी गरेको हाम्रोले यस वर्ष २८ प्रतिशतभन्दा बढी प्रगति गरी ७ करोड  ९६ लाख पुर्याएको छ । 

यसैगरी गत वर्ष ४ करोड ५० लाख सञ्चालन मुनाफा आर्जन गरको बैंकले यसवर्ष ६ करोड ९ लाख रुपैयाँ कायम गरेको छ । यो ३५ प्रतिशतभन्दा बढी प्रगति हो । 
यसैगरी खराब कर्जा अनुपातमा समेत कम गरी शून्य दशमलव ६२ प्रतिशत कायम गरेको छ । बैैकको प्रतिशेयर आम्दानी ११ दशमलव २७ प्रतिशत रहेको छ । 

चुक्ता पूँजीमा भारी वृद्धि गरेको बैंकको प्रतिशेयर आम्दानी भने ५८ प्रतिशले घटेको हो । २ सय प्रतिशत चुक्ता पूँजी वृद्धि गरेको बैंकले ४५ करोड ८७ लाख पुर्याएको छ भने जगेडा कोषमा ११ करोड रुपैयाँ रहेको छ । 

१ अर्ब ४९ करोड निक्षेप संकलन गरेको बैंकले १ अर्ब ४९ करोड नै कर्जा प्रवाह  गरेको छ ।