काठमाण्डौ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ३०.१२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । 

यो बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट ३०.१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८५२६ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि यो निर्णय कार्यान्वयनमा आउनेछ । यो निर्णय कार्यान्वयनमा आए बैंकले ११ करोड ९८ लाख ३० हजार २ सय २५ रुपैयाँ बराबरको बोनस सेयर  वितरण गर्नुपर्नेछ कम्पनीले प्रस्ताव गरे अनुसारको बोनस सेयर र नगद लाभांशका लागि नियामक राष्टबैंकबाट भने स्वीकृति आइसकेको बैंकले जनाएको छ । 

हाल यो बैंकको चुक्तापूँजी ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ। ३०.१२ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ५० करोड माथि पुुग्नेछ ।