काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले कुल १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा चुक्तापुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ १७.१० प्रतिशतले हुन आउने ११ करोड ८४ लाख ४७ हजार २४९.७२ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर प्रयोजनार्थ ०.९० प्रतिशतले हुन आउने ६२ लाख ३४ हजार ०६५.७८ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।