काठमाण्डौ । धेरैले भन्ने गर्छन् धनी बन्नु भाग्यको मात्र खेल होइन, आफ्नो लगानी रणनीतिमा पनि भर पर्छ । त्यसकारण यदि तपाईले राम्रो रणनीति अपनाउन सक्नुभयो भने तत्कालीन अवस्थाभन्दा निकै अगाडि बढेर पहिला भन्दा धेरै धनी बन्न सक्नुहुन्छ । बिजिनेशन इन्साइडरमा हालै छापिएको एक रिपोर्टअनुसार तपाई ३१ दिनभित्रै पनि धनी बन्न सक्नुहुन्छ । यसका लागि तपाईले महिनाभरिको आफ्नो गतिविधिको एउटा स्पष्ट तालिका बनाउनुपर्ने हुन्छ ।

यो सूत्र अन्तर्गत प्रत्येक दिन तपाईले एउटा नयाँ काम सुरु गर्नुपर्ने हुन्छ । तपाईले यो अवधिमा जुन काम पूरा गर्नुपर्ने हुन्छ, त्यसमा धनी बन्ने रिजोलेसनदेखि आफ्नो जब एनालिसिस जस्ता काम सामेल छन् । याद राख्नुहोस्, यहाँ धनी बन्ने भन्नुको अर्थ एक महिनामै चमात्कार भएर तपाई करोडौंको मालिक बन्नुहुन्छ भन्ने होइन । यहाँ धनी बन्ने भन्नुको अर्थ तपाईको वर्तमान अवस्था भन्दा मजबुत बन्नु र आर्थिक अवस्था अझ मजबुत बन्ने बाटोतर्फ अग्रसर बन्नु भन्ने हो । 

हामी आज तपाईलाई यस्तै केही काम बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाई हरेक दिन आफ्नो अवस्थालाई अझ मजबुत बनाउन सक्नुहुन्छ । यसको माध्यमबाट तपाई पहिला भन्दा धनी मात्र बन्नुहुन्न, स्वस्थ र खुशी पनि बन्नु हुनेछ । आउनुहोस् हामी पनि बुझौं हरेक दिन गर्ने कामसँगै ३१ दिनमा धनी बन्ने सूत्र के रहेछ त ? 

पहिलो दिन 
आफैंसँग प्रश्न गर्नुहोस् कि तपाई वास्तवमा आफैंसँग चाहि के चाहनुहुन्छ । किनभने तपाईले यहाँ आफ्नो इच्छा तथा चाहनाका बीचमा फरक खोज्नुपर्ने हुन्छ । याद राख्नुहोस् इच्छा धेरै हुनसक्छन्, तर चाहना एक मात्र हुन्छ । 

दोश्रो दिन
बिहान उठ्न अल्छी गर्ने बानी तपाईले त्याग्नुपर्ने हुन्छ । किनभने एकैपटक र एउटै समयमा उठ्ने बानी गर्दा तपाईको शरीरले एलर्टनेस हार्मोन उत्पादन गर्नेछ, जब कि अल्छी गरी गरी उठ्ने बानीले यो प्रक्रिया सुस्त हुन्छ । त्यसै पनि केही क्षणमै तपाईले यस्तो कुनै निद्रा समेत पूरा गर्न सक्नुहुन्न, त्यसकारण बिहान एकैपटक उठ्ने कुरामा अल्छी नगर्नुहोस् । 

तेश्रो दिन
आफ्नो सम्पत्तिको हिसाबकिताब गर्न थाल्नुहोस् । एकपटक तपाईसँग भएको सबै सम्पत्ति तथा विशेष गरी पैसाको लेखाजोखा भइसकेपछि तपाईले आफूसँग भएको रकमको मद्धतले केसम्म गर्न सक्नुहुन्छ भन्ने कुरा पत्ता लाग्नेछ । योसँग तपाईले फेरि दोश्रो पटक मेरो साथमा कति पैसा होला भनेर सोच्नुपर्ने आवश्यकता समेत पर्दैन ।

चौथो दिन
तपाईको हाकिमसँग कुरा गर्नुहोस् कि तपाई के चाहनुहुन्छ भनेर । यसो गर्न सकियो भने तपाईको महत्वकांक्षाको बिषयमा तपाईको हाकिमले थाहा पाउनेछ । या त राम्रै हाकिम पर्यो भने तपाईको महत्वकांक्षा उसले पूरा गरिदिन मद्धत गर्नेछ । पूरा नै गर्न पाएन भने पनि तपाईको लक्ष्य प्राप्तिका लागि हाकिमले केही न केही सहयोग अवश्य गर्नेछ । 

पाँचौ दिन
आफ्नो प्रोफाइललाई नयाँ ढंगले तयार गर्नुहोस्  यसमा आफ्नो समरी हाल्नुहोस् । आफ्नो कामको बिषयमा बताउनुहोस् । यस्ता ब्लग र पोस्ट सामाजिक सञ्जालमा सेयर गर्न थाल्नुहोस्, जुन तपाईको फिल्डसँग सम्बन्धित छ । यसले तपाईलाई नोकरीको नयाँ अफर दिनेहरुलाई समेत तपाईको यस्तो गतिविधिले प्रभाव पार्न सक्छ ।

छैठौ दिन
त्यसपछि तपाईले अब हिसाबकिताब गर्नुहोस् कि तपाईको रिटायरमेन्टका लागि कति पैसा आवश्यक होला । बिजिनेश इन्साइडरका अनुसार तपाईले रिटायरमेन्टको समयमा जति पैसा होस् भन्ने चाहिरहनुभएको छ, त्यो राशिलाई ४ ले भागा गर्नुहोस् । त्यसपछि जति इन्कम आउँछ, त्यसलाई जोड्ने कोशिश गर्नुहोस् । मानौं, रिटायरमेन्टका लागि तपाईको केही वर्ष मात्र समय बचेको भए पनि यो सिद्धान्त अपनाउन सकिन्छ । 

सातौं दिन
आफ्नो फाल्तु कामलाई सकिदिनुहोस् । बरु यसको साटोमा मानिसहरुको मेल तथा म्यासेजको जवाफ दिन तथा समयमै रेसपोन्स गर्नतर्फ लाग्नुहोस् । साथीभाई तथा आफन्तलाई फोन गर्न थाल्नुहोस् । अब तपाईले अगाडिका दिनमा के गर्नुपर्नेछ, यसको सूचि तयार गर्नुहोस् । यसबाट तपाईले आगामी दिनमा खास काम गर्नका लागि आफूलाई तयार गर्न सक्नुहुन्छ ।

आठौं दिन
आफ्नो दिनको सुरुवात उत्साहका साथ गर्नुहोस् । यो दौरान तपाईले आफ्नो कामको प्राथमिकतादेखि लिएर दिनभरिको तालिकासम्मका कुरा सामेल गर्नुपर्छ, त्यसलाई फूल इनर्जीको साथमा अगाडि बढाउनुहोस् । यसको माध्यमबाट तपाईको दिन तनावरहित ढंगले अगाडि बढ्नेछ ।

नवौं दिन
पहिला काम पूरा गर्नुहोस् अनि त्यसलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुहोस् । यो रणनीतिबाट तपाई दवाबमा आउनुहुन्न र काम समेत उत्कृष्ट हुन जान्छ । यदि तपाईले सुरुवातबाटै कामलाई उत्कृष्ट बनाउने चक्करमा फस्नुभयो भने तपाईको काम समयमै पूरा हुनैसक्दैन ।

दशौं दिन
कोही यस्तो व्यक्तिसँग कफी वा लञ्च गर्नेगरी भेटघाट गर्नुहोस्, जो तपाईका लागि प्रशंसाको पात्र हो । किनभने तपाईका लागि आइडिल पर्सन त्यही फिल्डसँग जोडिएको हुन्छ, जुन फिल्डमा तपाई केही गर्न खोजिरहनुभएको छ । यस्तो अवस्थामा सो व्यक्तिको संघर्षको कथा तपाईका लागि काम लाग्नसक्छ । यस्ता व्यक्तिसँगको भेटघाटले नयाँ प्रेरणाको सञ्चार हुनेछ ।

एघारौं दिन
घरमा काम गरिरहनु भएको छ भने तपाईले आफ्नो रणनीतिलाई पूरा परिवर्तन गर्नुपर्छ । यसको अर्थ कामको बीचमै केही समय निकालेर तपाई पार्क वा कफी सेन्टर जानुहोस् । किनभने कामको बीचको यो ग्यापले तपाईलाई सिर्जनशील बनाइराख्न निकै ठूलो मद्धत गर्ने खोजहरुबाट पुष्टि भएका छन् । 

बाह्रौ दिन
तपाईको हस्तलिखित नोटलाई डिजिटलमा रुपान्तरण गर्नुहोस् र ह्याण्ड रिटन(हस्तलिखित) पेजलाई घरबाट बाहिर निकालिदिनुहोस् ।

तेह्रौ दिन
आफ्नो जीवनसाथीसँग जागिर, बालबच्चा वा घरेलु काम बाहेकको कुनै अरु बिषयमा १० मिनेटसम्म कुरा गर्ने गर्नुहोस् ।

चौधौं दिन
तपाईले अघिल्लो बिहान के गर्नुपर्नेछ, त्यसको सूचि तयार गर्नुहोस् । दोश्रो बिहानका लागि आफ्नो कपडा तयार गर्ने अलावा आफूलाई समेत वर्कआउटका लागि तयार राख्नुहोस् । 

पन्ध्रौं दिन
समय तथा इनर्जी बचाउनका लागि वर्क युनिफर्म प्रयोग गर्न थाल्नुहोस् । मार्क जुकरबर्ग, स्टीव जब्स लगायतका व्यक्तिले समेत यस्तै गर्ने गरेका छन् । 

सोह्रौ दिन
यदि तपाई यही दौरान कुनै नयाँ भाषा सिक्न चाहनुुहुन्छ भने प्रत्येक रात सुत्नुअघि १५ मिनेटसम्म यसको अभ्यास गर्नुहोस् । 

सत्रौं दिन
आफ्नो जीवनसाथीसँग तपाईको मन पर्ने र मन नपर्ने कुराको बिषयमा काफी कुरा गर्ने गर्नुहोस् । यसले घरभित्र कुनै पनि प्रकारको तनाव हुँदैन । 

अठारौं दिन
आफ्नो मेल आइडीमा यस्तो फिल्टर लगाउनुहोस्, जसले तपाईलाई सपिंग प्रोमोसनवाला मेल नआओस् र तपाई अनावश्यक(फजूल) खर्चबाट बच्नुहोस् ।

उन्नाइसौं दिन
कुनै यात्राको दौरान आफ्नो सहयात्रीसँग कुरा गर्नुहोस् । किनभने यस्तो प्रक्रियालाई तपाईलाई खुशी राखिदिन्छ ।

बीसौं दिन
घरको सफाई एकैपटक भन्दा पनि आराम गर्दै गर्नुहोस् । भन्नुको अर्थ तपाई २० मिनेट काम गर्नुहोस् र १० मिनेट आराम । यसले कुनै पनि काम तपाईका लागि बोझिलो हुँदैन।

एक्काइसौं दिन
आफ्नो पार्टनरसँग आफ्नो आर्थिक लक्ष्य सेट गर्नुहोस् । यसबाट तपाई धेरै बचत तथा सम्पत्ति व्यवस्थापनका लागि थप प्रोत्साहित बन्नुहुनेछ ।

बाइसौं दिन
हरेक बिहान समय भन्दा २ मिनेट पहिला उठ्ने बानी बसाउन थाल्नुहोस् ।

तेइसौं दिन
सुत्नुअघि त्यस्ता ३ चिज लेख्नुहोस्, जसले तपाईलाई खुशी दिएको छ र यसप्रति तपाई समेत आभारी हुनुहुन्छ ।

चौबीसौं दिन
आफ्नो उमेरको हिसाबले बचतको लक्ष्य तयार गर्नुहोस् । यसबाट तपाई बचतका लागि प्रोत्साहित बन्नुहुनेछ । 

पच्चीसौं दिन
१० मिनेटभित्र संभावित २० विजिनेश आइडिया तयार गर्नुहोस् । यसबाट तपाईलाई आफ्नो आम्दानी, पेन्सन तथा प्रदर्शनको सटिक जानकारी प्राप्त हुनसक्छ । 

छब्बीसौं दिन
आफैंसँग एउटा प्रश्न सोध्नुहोस् । जस्तै: तपाई अबको एकवर्षपछि आफूलाई कुन स्थानमा देख्नसक्नुहोला वा ५ वर्षपछि तपाई कुन स्थानमा पुग्नु होला । तपाईले जे सिक्नुभएको छ, तपाईले आफूलाई गर्ने प्रश्न त्यसको आधारमा हुनुपर्छ । 

सत्ताइसौं दिन
आफ्नो सम्पत्तिसँग जोडिएको योजना तय गर्नुहोस् । तपाई आफूले कमाएको पैसा वा सम्पत्ति कसलाई दिन चाहनुहुन्छ, आफ्नो स्वास्थ्यमा कति खर्च विनियोजन गर्नुहुन्छ भन्नेजस्ता कुराहरु । यसबाट तपाईको जीवन सधैं तपाईकै नियन्त्रणमा हुनेछ । 

अठ्ठाईसौं दिन
तपाईको आम्दानीको सप्लिमेन्टको खोजी गर्न थाल्नुहोस् । यसबाट आर्थिक सुरक्षा प्राप्त हुनेछ र तपाईले आफ्नो सपना पूरा गर्नका लागि तपाईसँग जोखिम लिनसक्ने क्षमताको समेत विकास हुनेछ । 

उन्नतीसौं दिन
आफ्नो टिमका मानिसहरुसँग सोध्नुहोस् कि उनीहरु तपाईको बिषयमा के सोच्दछन् । तपाई उनीहरुको जवाफको प्रतिक्षा गर्नुहोस् । 

तीसौं दिन
काममा जानुभन्दा पहिला आफ्ना परिवारका सदस्यसँग आत्मीयता प्रदर्शन गर्नुहोस् । उनीहरुलाई अँगालो मार्ने गर्नुहोस् । 

एकतीसौं दिन
अब तपाई नयाँ जागिरका लागि अन्तर्वार्ता दिन सुरु गर्नुहोस् । किनभने ३० दिनसम्म गरेको प्रक्रियाले तपाईको आत्मविश्वासलाई बढेको हुन्छ । तपाईसँग तपाईको करिअरको एक स्पष्ट रोडम्याप समेत हुन्छ र बचत पहिला भन्दा बढी भइसकेको हुन्छ । त्यसपछि आर्थिक स्थिरताको बिषयमा समेत पहिला भन्दा बढी कन्फिडेन्ट बनिसकेको हुन्छ । यसबाट तपाईले अन्तर्वार्ताको क्रममा राम्रो पद तथा तलबका लागि जमेर बार्गेन गर्न सक्नुहुन्छ ।