काठमाडौँ । सिभिल बैंकले संस्थापक शेयर लिलामीमार्फत् पनि विक्री गर्न नसकेपछि पुनः दोस्रो पटक लिलामीमा विक्री गर्नका लागि सूचना जारी गरेको छ । सिभिल बैंकले निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा २९ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न नसकेपछि पुनः दोस्रो पटक लिलामीमा ल्याएको हो । 

बैंकका शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले जेठ २ गतेबाट जेठ ९ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ । संस्थापक शेयर न्यूनतम १ सय रुपैयाँमा कम्तीमा १ सय कित्ता वा सो भन्दा बढी खरीद गर्न सकिने बैंकको सूचनामा उल्लेख छ ।  


पहिलो पटक लिलामीमा विक्री गर्दा संस्थापक शेयरधनी नै हुनुपर्ने व्यवस्था पनि दोस्रो पटक लागू गरिएको छैन । साथै एक सय कित्ता शेयर खरीदका लागि  पनि यसपटक आवेदन दिन सकिने बताइएको छ । यसअघि एक हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो ।  


बैंकको हकप्रद शेयरको विक्री प्रबन्धक रहेको लक्ष्मी क्यापिटलमा लिलामीका शेयर खरीदका लागि आवेदन दिन सकिने छ । आफूले खरीद गर्न चाहेको शेयर बराबरको रकम क्यापिटलको नाममा रहेको बैंक खातामा जम्मा गरी आवदेन दिन बैंकले सूचना जारी गरेको छ ।