काठमाण्डौ । बितेको ११ वर्षको अवधिमा बेलायतमा पहिलोपटक आर्थिक मन्दी देखिएको छ।

कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउनका कारण गत अप्रिलदेखि जुन महिनाको त्रैमासमा बेलायतको अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ। जसका कारण बेलायतमा आधिकारिक रुपमा मन्दी देखिएको हो। यो मन्दी बितेको ११ वर्षपछिकै पहिलो हो। 

यो वर्षको पहिलो त्रैमासको तुलनामा अप्रिलदेखि जुन महिनाको अवधिमा बेलायतको अर्थतन्त्र २०.४ प्रतिशतले संकुचित बनेको छ। सन् २००९ पछि बेलायतको अर्थतन्त्रमा लगातार दुईवटा त्रैमासमा गिरावट देखिएको छ। यसले बेलायतको अर्थतन्त्रमा प्राविधिक रुपमा मन्दी देखिएको छ। 

बेलायतका सरकारी अधिकारीहरुले कोरोनासम्बन्धी प्रतिबन्धहरु खुकुलो भएसँगै जुन महिनामा अर्थतन्त्रमा केही सुधार देखिएको बताएका छन्। – एजेन्सी