काठमाण्डौ । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर १२५ सीसीको नयाँ अवतार नेपाली बजारमा ल्याउन लागेको छ । 

डिस्कभर १२५ सीसी, यो विधामा बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले पृथक रहेको कम्पनीले दाबी गरेको छ । 

यो पृथक बाइकको लञ्च जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा यही बैशाख १५ गते हुने भएको छ, जहाँ विभिन्न कलाकारको रमाइलो प्रस्तुतिले कार्यक्रमलाई झनै रमाइलो बनाउनेछ । कम्पनीले जनकपुरको जानकी मन्दिरको संरचनात्मक विकासका लागि पनि योगदान गर्ने भएको छ । 

यो नयाँ डिस्कभरमा १२५ सीसीका कुनै पनि कम्पनीमा हालसम्म नभएको नयाँ एलइडी डिआरएल हेडल्याम्प र डिजिटल कन्सोल छ, जसले बाइकलाई पृथक लुक र चालकलाई सहुलियत प्रदान गर्ने कम्पनीले जनाएको छ । यसै गरी यसमा नयाँ आकर्षक डिजाइन, १६ प्रतिशत लामो सस्पेन्सन,नयाँ टेक्सचर भएको सीट, नयाँ आकर्षक टेल लाईट र अझ उत्कृृष्ट डिटीएसआई इञ्जिन पनि छ । 

कम्पनीले डिस्कभरको नयाँ  १२५ सीसीले यो विधाकै नयाँ अवतारको रुपमा सफलता प्राप्त गर्ने कम्पनीको आशा छ ।