काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अझै लम्बिनसक्ने देखिन्छ । यस्तो अवस्थामा दैनिक उपभोग्य वस्तुको जति आवश्यकता पर्छ, उत्तिकै आवश्यकता खाना पकाउने ग्यासको समेत पर्छ । 

पछिल्लो समय नेपाल आयल निगमले प्रत्येक घरमा ग्यासको अभाव हुन नदिने उद्देश्यले आधा भरिएका सिलिण्डर मात्र उत्पादन गरी बजारमा पठाउन ग्यास उद्योगीहरुलाई आग्रह गरेको छ । यो आग्रहपछि पनि कतिपय बजार क्षेत्रमा ग्यासको अभाव नै देखिएको छ । यस्तो अवस्थामा कतिपय उद्योगले भने पर्याप्त मात्रामा आधा भरिएका सिलिण्डर बजारमा उतारिरहेका छन् । 

यही क्रममा धार्केमा बोटलिङ प्लान्ट रहेको हिमालय पेट्रोकेमिकल उद्योगले उत्पादन गर्दै आएको एचपी ग्यास काठमाण्डौ उपत्यकाभित्रका आफ्ना डिलर र डिपोहरुबाट प्रत्येक दिन वितरण चुस्त व्यवस्था मिलाएको छ । 

कम्पनीका अनुसार उपत्यकाभित्रका काठमाण्डौ, ललितपुर र भक्तपुरमा गरी एचपी ग्यासका १९० जति डिपो प्वाइन्टहरु छन् । 

तीनवटै जिल्लाको वितरण व्यवस्था मिलाउने गरी ३ वटा डिलरहरु पनि छन् । 

ती डिलर र सबै डिपो प्वाइन्टहरुको समन्वयमा कम्पनीले दैनिक औसतमा २५०० ग्यास सिलिण्डर बिक्री गरिरहेको छ । 

कम्पनीले एक सूचना प्रकाशित गरी एचपी ग्यासका डिपो प्वाइन्ट र डिलरहरुमा सम्पर्क गरी आधा भरिएका ग्यास सिलिण्डर खरीद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

कहाँ-कहाँ पाइन्छ एचपी ग्यास ?
एचपी ग्यासका काठमाण्डौ उपत्यकाभित्र १९० वटा जति डिपो छन् । ती डिपोमा डिलरहरुले प्रत्येक दिन मागअनुसारको ग्यास सिलिण्डरको आपूर्ति व्यवस्था मिलाएका छन् । 

उपभोक्ताहरुले आफू नजिकैको एचपी ग्यासको डिपो प्वाइन्ट वा त्यहाँ संभव नभए तीन जिल्लाका तीनवटा डिलरमध्ये पायक पर्ने जुनसुकै डिलरमा फोन सम्पर्क गरी आवश्यकता अनुसार ग्यास पाउन सक्नेछन् । 

कम्पनीले आफू नजिक एचपी ग्यासको डिपो भए नभएको थाहा पाउन तथा आवश्यक ग्यास खरीदका लागि भन्दै मुख्य तीन डिलरको नाम तथा सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । जुन यसप्रकार छ: