काठमाण्डौ । नेपाली बैंकहरुको सूचना प्रविधि प्रणालीमा रहेका कमजोरीका कारण एटीएम ह्याक जस्ता घटना हुन थालेपछि राष्ट्रबैंकले एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सचेतना अपनाउन निर्देशन दिएको छ । 

नियमन विभागले एक सर्कुलर गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीमा अन्तरनिहीत आन्तरिक एवम्ब बाह्य सुरक्षाको जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि भन्दै तीन बुँदे सुझाव दिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइट, मोवाइल एप, आधिकारिक सामाजिक सञ्जाल तथा सूचना प्रविधि प्रणालीमा पनि साइबर अट्याक, मालवेयर भाइरस, रेन्समवेयर जस्ता जोखिम, बाह्य जोखिम, स्पाम, फिसिङ, स्पूफिङ आदि माध्यमबाट वा प्रणालीमा अनधिकृत पहुँच गरी सूचना चुहावट र चोरी तथा आर्थिक चोरीको जोखिम, आधिकारिक सेवाको पहुँच रोक्ने लगायतका जोखिमबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न आवश्यक पेरिमेटर डिफेन्स, एक्सेस कन्ट्रोल, इन्क्रीप्सन, एन्टीभाइरस, फायरवेल,  आदि जस्ता प्राविधिक क्षमता सुदृढ गर्ने व्यवस्था गर्ने र अद्यावधिक गर्ने, सूचना आदानप्रदान गर्दा, भुक्तानी आदेश गर्दा एवम् सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र व्यवस्था मिलाउन भनिएको छ । 

अन्य दुई सर्कुलर यस्ता छन्: