काठमाण्डौ । एनआइसी एशिया बैंकको  ८० लाख ३१ हजार ११७ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । 

बैंकको पुस ४ मा सम्पन्न २१ औं वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस सेयर पारित गरेको थियो । सोही सेयर नेप्सेमा सूचिकृत भएको हो । 

बोनस सेयर जारीपछि बैंकको चुक्तापूँजी ८ अर्ब ८३ करोड माथि रहेको छ।

बैंकले एक सूचना प्रकाशित गरी केही शेयर अझै अभौतिकरण भइनसकेको भन्दै ती शेयर अभौतिकीकरण गर्न सेयरधनीलाई आग्रह गरेको छ । 

यो बैंक मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।