काठमाण्डौ । “सोच बदलौं, एनआइसी एशिया बैंक नै रोजौँ” भन्ने मूल नाराका साथ एनआइसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्न लाइनमा बसिरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरिकाबाट आफ्नो बैंक खाता खोल्न सक्ने सुविधा उपलब्ध गराएको छ । 

अब ग्राहकले  अनलाइनबाटै “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् । 

यो सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जनाएको छ । 

हाल यो बैंकको देशभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । यो देशकै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हो । 

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।