काठमाण्डौ । एनआई सीएशिया बैंक लिमिटेडले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा यस बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता हुने योजनाको शुरुवात गरेको छ । 

यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मका लागि मात्र लागू हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

यस योजनाबाट बैंकका ४५०,००० भन्दा बढी भिसा डेबिट वा क्रेडिट कार्डबाहक ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यो अवधिमा एनआई सीएशिया बैंकको भिसा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाइनेछ:

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६८ शाखा कार्यालयहरु, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।