काठमाण्डौ । एनआइसी एसिया बैंकले “एनआइसी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । 

अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको खाता हो । शूून्य मौज्दातमै खोल्न सकिने यस्तो खातामा ग्राहक बैंकमा उपस्थित नभईकनै खाता खोली खातानंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । 

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफूले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५भन्दा बढी पिओएस मेशिनमार्फत् ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब ६ लाख ३० हजार ग्राहकहरुमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको यस बैंकले यस अनलाइन बचत खातामार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुमा थप सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।