काठमाण्डौ । धितोपत्र बोर्डले एनआइसी एशिया क्यापिटललाई उसको पहिलो म्युचुुअल फण्ड ‘एनआइसी एशिया ग्रोथ फण्ड’ निश्कासनको स्वीकृति दिएको छ । 

बोर्डले पुस ११ गते एनआइसीलाई १० करोड इकाई सर्वसाधारणका लागि निश्कासनको अनुमति दिएको हो । यो अनुमतिसँगै यो स्किमले निकट भविष्यमै १० रुपैयाँ प्रति इकाईका दरले सार्वजनिक निश्कासन गर्नेछ । 

चालुु आर्थिक वर्षमा बोर्डले म्युुचुुअल फण्ड निश्कासनका लागि अनुमति दिएको यो तेश्रो स्किम हो । यसअघि सिद्धार्थ इक्वीटी फण्ड र सानिमा इक्वीटी फण्डले आइपीओ निश्कासनको अनुमति पाएका थिए । 

एनआइसी क्यापिटलको पहिलो म्युचुुअल फण्ड एनआइसी ग्रोथ फण्ड ७ वर्षे बन्दमुखी स्कीम हो । यो स्किमलाई एनआइसी एशिया क्यापिटलले व्यवस्थापन गरेको छ भने एआइसी एशिया बैंकले प्रवद्र्धन गरेको छ । 

कुल निश्कासनको अनुमति दिइएको युनिटमध्ये कोष प्रवद्र्धक एनआइसी एशिया बैंकले १.५० करोड इकाई पाउनेछ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री गरिनेछ । 

हाल बजारमा १२ वटा म्युचुुअल फण्डले संचालन अनुमति पाएका छन्, जसमध्ये १० वटा सूचिकृत भइसकेका छन् । सानिमा क्यापिटलको पहिलो फण्ड सानिमा इक्वीटी फण्डले मंगलबार मात्र इकाईहरुको बाँडफाँड सकेको छ । 

एनआइसी एशिया क्यापिटलका एक अधिकारीका अनुसार धितोपत्र बोर्डले निश्कासनको अनुमति दिएको २ महिनाभित्र इकाईहरुको सार्वजनिक निश्कासन गर्नुपर्ने नियम रहे पनि माघ महिनाभित्रमा इकाईहरुको निश्कासन गर्ने गरी तयारी थालिएको छ ।