काठमाण्डौ । एनआइसी एशिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । 

मुलुकभरिका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट जतिपटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने लगायत बग्रेल्ती सुविधा यस खातामा राखिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

यसैगरी, यो खातामा निशुल्क भिसा डेबिट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैकिङ्ग सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशतसम्म छुट समेत प्रदान गरिने बताइएको छ । 

मासिक रुपमा औसत रु १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने समेत बैंकले जनाएको छ । 

त्यस्तै सो खाता खोली मोबाइल बैकिङ्ग सेवा लिएपछि एनटीसी वा एनसेलको १०० रुपैया बराबरको रिचार्ज कार्ड वा टपअप समेत निःशुल्क प्रदान गरिनेछ । 

रु १००० न्यूनतम मौज्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिने र ग्राहकहरुलाई रु ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

साथै, यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ भने ब्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले प्रष्ट पारेको छ ।

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सीमित अवधिसम्म मात्र सञ्चालनमा रहने उल्लेख गर्दै बैंकले  मौकाको फाइदा उठाउन आह्वान गरेको छ । 

हाल यो बैंक मुलुकभर गरी १८४ शाखा सहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल भइसकेको छ ।  यस बैंक १८७ एटिएमसहित मुलुककै सबैभन्दा बढी एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्राञ्चलेस बैकिङ्ग युनिट र कुल ५,००० भन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढी भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भएको बताइएको छ ।

हाल यो बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढी पुगिसकेको छ। त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यो बैंक बलियो बन्दै गएको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा बढी पुुगिसकेको छ भने कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब रहेको छ ।