काठमाण्डौ । “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मूल नाराका साथ सर्वसाधारणमा केन्द्रीत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले निकै उपयोगी भिजा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड संचालनमा ल्याएको छ । 
 
ग्राहकहरुबीच इकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एनआइसीले भिजा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड सुरुवात गरेको हो । 
 
नेपाल तथा भारतबाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यो कार्डको प्रमुख विशेषताहरु यसप्रकार छ:
  • अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा
  • निःशुल्क इकमर्स(अनलाइन पेमेन्ट)को सुविधा
  • कर्जा सीमाको ५० प्रतिशतसम्म नगद झिक्न सकिने
  • १० प्रतिशत वा शत प्रतिशत भुक्तानीको व्यवस्था
  • अधिकतम ४५ दिनसम्म सर्भिस चार्ज फ्री क्रेडिट पिरियड उपभोग गर्न सकिने
हालसम्म यो बैंकको मुलुकभर २२४ शाखा कार्यालय, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा रहेका छन् । यो बैंक नै मुलुकको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 
 
बैंकको वासलातको आकार रू १७३ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू १४८ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।