काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले ४ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र साउन ६ गतेबाट निश्कासन गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘१०.२५% एनआइसी एशिया डिवेञ्चर २०८३र८४’ बिक्री गर्ने अनुमति दिएपछि निश्कासन गर्न लागिएको हो ।  बैंकले १ हजार प्रतियूनिट दरका ४४ लाख युनिट ऋणपत्रको निश्कासन खुला गरिनेछ।

कुल निश्कासन हुने युनिटमध्ये ४०% सर्वसाधारणका लागि हुनेछ भने ६०% ले हुन आउने २६ लाख ४० हजार युनिट प्राइभेट प्लेसमेन्ट (व्यक्तिगत तवर)का आधारमा बिक्री गरिनेछ।

यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा १०.२५% ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । डिवेञ्चर ७ वर्षमा परिपक्व हुनेछ।

लगानकीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २२ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलामा भदौ ३ गते हुनेछ ।  

यो डिवेञ्चरको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

बैंकले यसअघि माघ १३ गतेदेखि फागुन १३ गतेसम्म ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गरेको थियो । त्यसबेला कुल निश्कासित युनिटमध्ये ६०।११ प्रतिशतमात्र बिक्री भएको थियो ।