काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले पोखराका दुई होटल तथा रिसोर्टसँग आफ्ना ग्राहकलाई छुट दिने विषयमा सम्झौता गरेको छ । 

बैंकले पोखराको पार्दी विरौटामा रहेको होटल पोखरा ग्राण्डीसँग बैंकका सम्पूर्ण ग्राहकलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् । 

यसैगरी, एनआइसी एशिया बैंक र पोखराका लेकसाइडस्थित हल्लनचौकस्थित टीका रिसोर्टबीच बैंकका ग्राहकवर्गलाई टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरे । 

यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हाल यो बैंकको देशभर २९२ शाखा, ३०२ एटीएम, ५१ एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । हाल बैंकका ग्राहकको संख्या १७ लाखको हाराहारीमा रहेको छ।