काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को १ अर्ब २५ करोड रुपैयाँबराबरको इकाई आज बुधबारदेखि बिक्री खुला गरिएको छ । 

प्रति इकाई १० रुपैयाँको दरले १२ करोड ५० लाख इकाई बिक्री खुला गरिएको हो । 

दोश्रो बजार उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएर संचालनमा रहेका अधिकांश म्युचुअल फण्डहरुको न्याभ प्रति इकाई मूल्य (रु १०) भन्दा तल झरिरहेको अवस्थामा एनआइसी एशियाले १० वर्षे अवधिको बन्दमुखी र केही फरक प्रकृतिको ‘ब्यालेन्स फण्ड’का इकाई निश्कासन गरेको हो । 

कतिपय म्युचुअल फण्डहरुले लामो समयसम्म लाभांश घोषणा गर्न नसकिरहेको अवस्थामा एनआइसी एशियाको नयाँ म्युचुअल फण्डले चाहि लगानीकर्तालाई कति लाभांश वितरण गर्ला ? लगानीकर्ताहरुको विश्वास कति आर्जन गर्नसक्ला ?यो विषय लगानीकर्तामाझ चर्चाको विषय हो । 

एनआइसी एशियाले संचालनमा ल्याएको पहिलो म्युचुअल फण्ड एनआइसी एशिया ग्रोथ फण्डको ट्रयाक रेकर्ड औसत छ । म्युचुअल फण्ड संचालनको सवालमा कान्छो मर्चेन्ट बैंकको रुपमा परिचित एनआइसी एशिया क्यापिटलले पहिलो फण्डमा छोटो समयमै देखाएको आशाउन्मुख प्रदर्शनले समेत दोश्रो कोषतर्फ लगानीकर्ता आकर्षित हुने संभावना देखिन्छ । 

यो फण्डको कुल इकाइमध्ये कोष प्रवद्र्धनमा एनआईसी एसिया बैंक लिमिटेडका लागि १४ प्रतिशत अर्थात १ करोड ७५ लाख इकाइ तथा योजना व्यवस्था एनआईसी एसिया क्यापिटल लिमिटेडलाई १ प्रतिशत अर्थात् १२ लाख ५० हजार इकाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड ६२ लाख ५० हजार इकाइ निश्कासन खुला गरिन लागेको हो । यो बन्दमुखी म्युचुअल फन्ड हो । 

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड ७५ लाख इकाइका लागि खरिद आवेदन दिन सक्ने छन् । यो म्युचुअल फण्डको निश्कासन बन्द हुने मिति छिटोमा साउन १२ र ढिलामा भदौ ५ गते तोकिएको छ ।

फण्डको लगानी मोडालिटी

नेपालमा हाल संचालित अधिकांश म्युचुअल फण्ड इक्वीटी मार्केटमा आधारित छन् । सेयर बजारमा अध्ययनसहित लगानी गरी त्यहाँबाट नाफा कमाएर सो नाफा लाभांशको रुपमा इकाई खरीदकर्ताहरुलाई वितरण गर्ने चलन चलिआएको छ । 

एनआइसी एशियाको नयाँ प्रकृतिको ब्यालेन्स फण्डले भने लगानी विविधिकरण गर्नेछ । सामान्य अर्थमा भन्दा ब्यालेन्स फण्डले सन्तुलित ढंगले लगानीका विकल्पहरुमा इकाई खरीदकर्ताबाट संकलन भएको फण्ड लगानी गर्नेछ । 

पहिलो वर्ष यो फण्डले बैंकको फिक्स्ड डिपोजिटमा कोषको आकारको १० प्रतिशत लगानी गर्नेछ । ऋणपत्रहरुमा १० प्रतिशत, दोश्रो बजारमा ५५ प्रतिशत र कल अकाउण्टमा २५ प्रतिशत लगानी गर्नेछ । 

क्यापिटलले १० वर्षको लगानी संरचना नै सार्वजनिक गरेको छ । जुन यसप्रकार छ:

 

कुन सूचकतर्फको प्रक्षेपण कस्तो छ ?
कोष व्यवस्थापकले एनआइसी ब्यालेन्स फण्डका केही महत्वपूर्ण वित्तीय सूचकहरुको विषयमा समेत प्रक्षेपण तयार गरेको छ । 

पहिलो वर्ष यो कोषको नेट एसेट भ्यालू(न्याभ) १० रुपैयाँ ६३ पैसा हुने र १० औं वर्ष  १३.५७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । 

यो फण्डले पहिलो वर्ष नै लगानीकर्तालाई कम्तीमा ९ प्रतिशत प्रतिफल दिन सकिने प्रक्षेपण गरेको छ ।

यो कोषका इकाईमा लगानी गर्नेहरुले १० वर्षको अवधिमा १८७ प्रतिशत रिटर्न पाउनेछन् । 

अन्य इण्डीकेटरतर्फको प्रक्षेपण हेर्नुहोस्: