काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र होटल ह्यारिसन प्यालेस, बञ्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरे ।

यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ । 

हाल एनआइसी एशिया बैंकको देशभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ भने बैंकका १७ लाख बढी ग्राहक रहेका छन् ।