काठमाण्डौ । एनआइसी एशिया बैंकले ग्राहकहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एनआइसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । 

यस योजनाअन्तर्गत अब एनआइसी एशिया रेमिटबाट नेपालभित्र एकपटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ । 

बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहकहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हा । उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ । 

यो सुविधाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने र झञ्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुने बताइएको छ ।