काठमाण्डौ । एनआइसी एशिया बैंकको भिजा डेबिट तथा क्रेडिट कार्ड केही समयका लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र संचालन भइरहेकोमा असोज १८ गतेदेखि नेपाल तथा भारतका भिजा नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने  एटीएम मसिनहरुमा समेत संचालन हुने भएको छ । 

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीनपटक गरी हरेक पटक रु २०,००० का दरले अधिकतम रु ६०,००० रकमसम्म झिक्न सक्नेछन् । 

यसैगरी, भारतमा २४ घण्टामा दुईपटकमा गरीे हरेक पटक भा.रु. १०,००० का दरले अधिकतम भा.रु. १५,००० रुपैयाँसम्म झिक्न सक्नेछन् । 

यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिजा नेटवर्कमा आबद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका प्वाइन्ट अफ सेल्स(पीओएस) मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाइएको छ । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८३ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् ।