काठमाण्डौ । एनआइसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लिमीटेडबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । 

सो सम्झौता बमोजिम एनआइसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व)सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै वल्र्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । 

योसँग सम्बन्धित सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र वल्र्ड लिङ्क लिमीटेडको तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत सञ्जयकुमार साहले हस्ताक्षर गरे ।

हाल यो बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकले १८ लाखलाई स्तरीय बैंकिङ सेवा दिंदै आएको छ ।