काठमाण्डौ । राम्रो संभावना बोकेको वाणिज्य बैंक एनआइसी एशियामा १ सय ८७ जनाका लागि जागिरको अवसर खुलेको छ । 

बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै विभिन्न ४ पदका लागि १ सय ८७ जनशक्ति माग गरेको हो । 

एनआइसी एशियाले सिनियर मेनेजर स्तरको एकजना आइटी हेड मागेको छ । यस्तै, काठमाण्डौभित्र र बाहिरका लागि ५३ जना सिनियर अफिसर लेभलको कर्मचारी मागिएको छ । 

यस्तै, काठमाण्डौ भित्र र बाहिरकै लागि अफिसर लेभलका ५५ कर्मचारी तथा ७० जना जुनियर अफिसरका लागि समेत अवसर खुलाइएको छ । 

सिनियर अफिसर पदमा सम्बन्धित बिषयमा स्नातक उत्तीर्ण गरी ५ वर्षको अनुुभवप्राप्त व्यक्तिले आवेदन दिनसक्ने बैंकले जनाएको छ । यस्तै, अफिसर लेभलका लागि सम्बन्धित बिषयमा स्नातक गरी ५ वर्षे बैकिङ अनुुभव बटुुलेकाले नै आवेदन दिनसक्ने बताइएको छ । 

जुुनियर अफिसर लेभलका लागि समेत शैक्षिक योग्यता र कार्यानुुभव स्नातक र ५ वर्षे नै तोकिएको छ ।