काठमाण्डौ । एनआइसी एशिया बैंकले २०७१ सालदेखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई  २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

यो बैंकका ग्राहकहरुलाई कुनै पनि सहायता आवश्यक परेको खण्डमा एनआइसी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा सम्पर्कमा रही ग्राहकको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट डब्ल्यू डब्ल्यू डट एनआइसी एशिया बैंक डटकममा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा feedback@nicasiabank.comमा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्नसक्ने व्यवस्था गरिएको छ । 

यो सेवाको माध्यमबाट ग्राहकले बैंकलाई दिने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहकमा विशेष लाभ पुग्ने बैंकको विश्वास छ । 

हाल एनआइसी एशिया बैंकको देशभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । देशमै सबैभन्दा धेरै सञ्जाल रहेको बैंकले करिब २० लाखलाई बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।