काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु. ९,९५,००० बराबरको रकम प्रदान गरेको छ । 

उक्त सहयोग स्वरुपको चेक एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरे ।  उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख अतिथ्यता रहेको थियो ।

हाल यो बैंकको देशभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । २१ लाखभन्दा बढी ग्राहकलाई बैंकले सेवा प्रवाह गरिरहेको छ ।