काठमाण्डौ । एनआइसी एशिया क्यापिटलको प्रमुुख कार्यकारी अधिकृत पदमा झनकराज ढुंगेल नियुक्त भएका छन् ।

यो मर्चेन्ट बैंकको ३९औ सञ्चालक समितिको बैठकले ढुंगेललाई सीइओ नियुक्त गरेको हो । 

ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत छन् । यसअघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध थिए । ढुंगेलएन आई सी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको स्थानमा नियुक्त भएका हुन् ।