काठमाण्डौ । देशकै टप वाणिज्य बैंकमध्येको एक एनआइसी एशिया बैंकले विभिन्न १५ पदमा दर्जनौ कर्मचारी मागेको छ। 

यो बैंकले डेपुटी म्यानेजरदेखि जुनियर अफिसरसम्मको पदका लागि दक्ष जनशक्ति मागेको हो । 

बैंकले एग्रीकल्चर फाइनान्सिंगलाई नेतृत्व गर्ने एकजना, इनर्जी फाइनान्सिंगलाई नेतृत्व गर्ने एकजना मागेको छ । यस्तै, ट्रेडिङ र म्यानुुफ्याक्चरिङ विभागको डेपुटी हेड, सेन्ट्रल सपोर्ट सर्भिसका लागि डेपुटी चिफ, जनरल एडमिनिस्ट्रेसन डिपार्टमेन्टका लागि हेड, प्रोजेक्ट डिपार्टमेन्ट हेडका लागि एक/एकजना कर्मचारी मागेको छ । 

यस्तै, केही रिलेसनसीप म्यानेजर, क्रेडिट अफिसर्स, सूचना प्रविधि, डिजिटल बैकिङ, लोन रिकभरि, एटीएम सेल म्यानेजमेन्ट, ब्राञ्च अपरेसन, रिस्क म्यानेजमेन्ट र क्रेडिट अप्रूूभल डिपोर्टमेन्टका लागि दर्जनौ सिनियर र जुनियर अफिसरहरु पनि मागेको छ । 

इच्छुक उम्मेद्वारले आगामी नोभेम्बर २९ सम्म आवेदन दिनसक्ने बैंकको सूचनामा उल्लेख छ । 
 

बैंकले कर्मचारी माग्दै प्रकाशन गरेको सूचना यस्तो छ: