काठमाण्डौ । धितोपत्र बोर्डले एनआइसी एशिया बैंक लिमिटेडलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ । 

यो बैंकले रु. १,००० अंकित दरका ३०,००,००० कित्ताले हुन आउने रु.३ अर्ब बराबरको “एनआइसी एशिया ऋणपत्र २०८१-८२” निश्कासनको शुक्रबार अनुमति पाएको हो ।

ऋणपत्र निश्कासनका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

रु.३ अर्ब बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु.२ अर्ब ४० करोड) विभिन्न संघसंस्थालाई र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणहरुका लागि बिक्री गर्नेछ । 

९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे बैंकले जनाएको छ ।

यस ऋणपत्रले लगानीकर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकले दाबी गरेको छ । ऋणपत्र दोश्रो बजारमा समेत कारोबार गर्न सकिने बताइएको छ ।