काठमाण्डौ । एनआइसी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ । 

यस योजनाअन्तरगत ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली खाता खोलेकै दिनमा ११  प्रतिशतको वार्षिक ब्याजका दरले हुनआउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआइसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा पाउन सकिने अफर सार्वजनिक गरेको छ ।

यस मुद्दती योजनाअन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाका लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्नसक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

साथै, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाखसम्मको दुर्घटनाबीमा पनि बैंकले नै गरिदिनेछ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पूर्ण अतुलनीय विशेषताहरुबाट समेत लाभ लिन सक्ने बताइएको छ । 

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेका बिशेषताहरुको तुलनामा आकर्षक सुविधा समेटी ल्याइएकोे अग्रिम ब्याज भुक्तानी मुद्दती खाता सीमित अवधिका लागि मात्र संचालनमा रहने भन्दै यसको भरपूर फाइदा उठाउन एनआइसी एशियाले सर्वसाधारणमा अपील गरेको छ ।

मुलुकभर गरी १८५ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८८ एटिएमसहित मुलुककै सबैभन्दा बढी एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्राञ्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट(प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित  ५,३७८ भन्दा बढी भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक बनिसकेको छ। हाल यो बैंकमा १० लाख भन्दा बढी सेवाग्राही रहेका छन् ।

बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुुगिसकेको छ ।