काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत असार २ गते काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र विभिन्न प्रजातिहरुका बोटविरुवा रोपेको छ । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सञ्चालन भएको बैंकले जनाएको छ । 

एनआइसी एशिया बैंकले देशभरका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरी सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हालसम्म करिब ११००० विरुवाहरु रोपिसकेको बताइएको छ ।