काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ। 

मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो  डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआइसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मूल्यको जानकारी, नेप्से बजार रिपोर्टका साथै एनआइसीएशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । 

सो एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केही दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निस्शुल्क उपलब्ध हुने बताइएको छ । मोबाइल एपमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूलक सेवाहरु प्रविष्ट गर्दै जाने एनआइसी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी दिए ।