काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमीटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । 

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।

यो बैंकको मुलुकभर २३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ ।