काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकका २३७ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के टमोटले हस्ताक्षर गरे । 

बैंकको हाल देशभर २३७ शाखा कार्यालयहरु, २२९ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।