काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले प्रभु लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकका २३७ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको जीवनबिमा पोलिसीहरु खरिद गर्नसक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुखकार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

हाल यो बैंकको मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । एनआइसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो । 

बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५३ अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू.१२४अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।