काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज, थापाथलीबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सबै ग्राहक वर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफमार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरे ।

हाल एनआइसी एशिया बैंकको देशभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । 

बैंकको वासलातको आकार रू. १८२अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५४ अर्ब पुगी निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२७ अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।