काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । 

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका २४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवनबिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरे ।

हाल यो बैंकको देशभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।