काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडको डेपुटी सीइओ(नायव प्रमुख कार्यकारी अधिकृत)मा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । 

मंसिर १७ गते बसेको बैंकको ३८० औं संचालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पाण्डेलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवाको निर्णय गरेको हो । 

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंकहरु तथा एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समयदेखि विभागीय प्रमुखको रुपमा काम गर्दै आएका छन् ।

बैंकका अनुसार डेपुटी सीइओमा नियुक्त पाण्डेले हिजो मात्र सीइओमा नियुक्त रोशनकुमार न्यौपानेसँगै बैंकको दीर्घकालीन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

पाण्डेले सोमबार नै पदभार समेत ग्रहण गरे । सो क्रममा उनले “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि”भन्ने बैंकको मूल नारालाई आत्मासाथ गर्दै समृद्घ नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्फबाट उल्लेखनीय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हाल यो बैंकका सेवाग्राहीको संख्या १४ लाखको हाराहारीमा रहेको छ । यस्तै, देशभर २६८ शाखा तथा २८१ वटा एटीएमसहित देशकै सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल भइसकेको छ ।