काठमाण्डौ । कतिपय बलिया बैंकहरुलाई समेत टक्कर दिई प्रगतिको शिखर चुम्दै गरेको एनआइसी एशिया बैंकमा लगानी गरेर तत्काल बोनस सेयर पाउने इच्छा छ ? यदि छ भने यो बैंकको सेयर तपाईले आजै किन्नुपर्छ । 

यो बैंकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतक बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । प्रस्तावित बोनस सेयर पाउनलाई आज(मंगलबार) कारोबार समयभरि यो बैंकको खरीद गर्नुपर्ने हुन्छ । 

बैंकले आगामी पुस ४ गते आफ्नो २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । त्यसका लागि मंसिर १९ गतेदेखि बुक क्लोज हुनेछ । 
यसको अर्थ कम्पनीको सेयर मंसिर १८ गते(आज)सम्म खरीद गर्नेले मात्र घोषित बोनस सेयर पाउनेछन् । 

बैंकले सानेपास्थित हेरिटेज गार्डेनमा आफ्नो साधारणसभा आह्वान गरेको छ । साधारणसभामा बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ । 

यस्तै, बैंकको ८ अर्ब ४ करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर ८ अर्ब ८४ करोडको उचाईमा पुर्याउने एजेण्डा समेत एजीएममा प्रस्तुत हुँदैछ ।