काठमाण्डौ । एनआइसी एशिया बैंकले महिलाहरूलाई उद्यमशील बनाउने फरक खालको योजना सार्वजनिक गरेको छ । 

बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको हो । 

सोसम्बन्धी सम्झौतापत्रमा एनआइसी एशिया बैंकको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले आइतबार हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकताअनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा रू. २ लाखदेखि रू.१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइनेछ।

यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।