काठमाण्डौ । डिजिटल बैंकिङमा तीव्र गतिमा अगाडि बढिरहेको एनआइसी एशियाले घरमै बसेर केवाइसी अपडेट गर्ने सुविधा कार्यान्वयनमा ल्याएको छ । 

बैंकले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै केवाइसी अपडेटको सुविधा समेत अनलाइन लिन सकिने प्रष्ट पारेको हो । 

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक(केवाइसी अपडेट) गर्न आफ्ना शाखा कार्याल्यमा स्वयम् उपस्थित हुनुपर्ने झञ्झटको अन्त गरिएको जनाएको हो । अब ग्राहकले घर तथा कार्यालयमा बसी झण्झटरहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ । विज्ञप्तिमा भनिएको छ । 

यस सुविधा लिन ग्राहकले बैंकको आधिकारिक website www.nicasiabank.com मा लगइन गरी “update KYC Online” portal भन्ने अप्सनमा गई आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइ.डी.राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नेछन् ।