काठमाण्डौ । एनआइसी एशिया बैंकले एकै दिन ५ वटा नयाँ शाखा उद्घाटन गरेको छ । 

बैंकले काठमाण्डौ उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा बुधबार एकैदिन अलग अलग कार्यक्रमका बीच उद्घाटन गरेको हो । 

एनआइसी एशिया बैंकले भक्तपुरको मध्यपुरथिमी, काठमाण्डौको गोठाटार, भक्तपुरको सूर्यविनायकस्थित बालकोट, चन्द्रागिरी नगरपालिकाको सतुंगलचौक र बाराको फेटामा स्थापित नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको हो । 

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ६ स्थित पुरानो थिमी शाखाको सोही वडाका वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापतिबाट, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाबाट, भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोही वडाका वडाअध्यक्ष कमलनाथ आचार्य बाट, चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगलचोक शाखाको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबाट तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा  शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादबाट छुट्टाछुट्टै समारोहका बीच उद्घाटन भएको हो । 

यो बैंकको मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ ।

करिब १५ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् ।