काठमाण्डौ  । एनआईसी एशिया बैंकले वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५औं शाखारहित बैंकिङ्ग सेवा आज आइतबारबाट संचालनमा ल्याएको छ । 

कले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको दाबीसमेत गरेको छ ।