काठमाण्डौ । वाणिज्य बैंकहरुमा शाखा विस्तारमा आक्रामक र आकर्षक वित्तीय फड्को मारिरहेको एनआईसी एसिया बैंक एकैपटक ठूलो संख्या कर्मचारी माग गरेको छ ।

‘क’ वर्गको यो बैंकले आफ्ना सेवा प्रभावकारी ढंगले अगाडि बढाउने क्रममा उपत्यका र उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुका लागि एकैपटक ठूलो संख्या विभिन्न ४१ पदमा कर्मचारी माग गरेको हो । असिस्टेन्ट मेनेजनर, डेपुटी मेनेटर, अफिसर, जुनियर अफिसर, सिनियर अफिसर, सुपरभाइजर र सिनियर असिस्टेन्ट पदसम्मका कर्मचारीका लागि बैंकले दरखास्त खुलाएको छ ।

बैंकले ब्रान्च मेनेजर, अपरेसन/सर्भिस/एक्पेरियन्स मेनेजर, रिलेसन मेनेजर, डिजिटल पार्टनरसित हेड, डिजिटल पार्टनर इन्चार्ज (मोबाइल नेटर्वक अपरेसन), डिजिटल पार्टनर इन्चार्ज (कार्ड एसोसिएसन्स), डिजिटल पार्टनर इन्चार्ज (फाइनान्स), डिजिटल पार्टनर इन्चार्ज (फिन्टेक एन्ड वालेट्स), डिजिटल पार्टनर इन्चार्ज (सफ्टवेयर एग्रिगेटर), डिजिडल एडोप्टेसन एन्ड च्यानल माइग्रेसन हेड, सोसल मिडिया मार्केटिङ हेड, ई–कमर्स हेड, फिन्टेक हेडजस्ता थुप्रै पदमा जुनियर अफिसरदेखि सिनियर अफिरसम्मका कर्मचारी माग गरेको छ ।

त्यस्तै ब्रान्ड मेनेजर, पब्लिक रिलेसन मेनेजर, रेमिट्यान्स मेनेजर, ट्रेड अपरेसनजस्ता अन्य थुप्रै पदमा पनि कर्मचारीहरु माग गरेको छ । 

बैंकले असिस्टेन्ट मेनेजर र डेपुटी मेनेजर मेनेजर पदका लागि कम्तीमा ५ वर्षको अनुभवका साथै सम्बन्धित विषयहरुमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखेको छ । यो पदका लागि उमेरको हक भने २५ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै जुनियर अफिसर, अफिर र सिनियर अफिसर पदका लागि भने बैंकले सम्बन्धित विषयहरुमा कम्तीमा स्नातकोत्तर तथा र ३ वर्ष कार्यानुभव हुनुपर्ने जनाएको छ । यसका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

यसैगरी सुपरभाइजर र सिनियर असिस्टेन्ट पदका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी २ वर्षको कार्यानुभव हुनुपर्ने जनाएको छ । यी पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले यही जनवरी २९ तारिखसम्म बैंकको www.nicasiabank.com/current-vacancies मा गएर आफूले दरखास्त दिन चाहेको पदका बारेमा विस्तृत जानकारी लिन सक्नुका साथै ती पदमा अनलाइन दरखास्त पनि दिन सक्नेछन् ।