काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत तथा एम्निल टेक्नोलोजी प्रालि नेपालबीच इन्ड टु इन्ड एएमएल (एन्टी मनी लाउन्ड्रिङ)/सीटीएफ (कम्ब्याटिङ टेरोरिस्ट फाइनान्सिङ) सलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टु इन्ड एएमएल सलुसन उपलब्ध गराउने र इन्ड टु इन्ड एएमएल (एन्टी मनी लाउन्ड्रिङ)/सीटीएफ (कम्ब्याटिङ टेरोरिस्ट फाइनान्सिङ) सलुसन कार्यान्वयनमा ल्याएपश्चात सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (जस्तै फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङ (एपीजी) आदिले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको छ ।

नवीनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्यअनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधिमार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ । जसअन्तर्गत हस्ताक्षर गर्नका लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नका लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नका लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको छ । यस प्रविधिमार्फत ग्राहक अनबोर्डिङ गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल/सीएफटी र केवाईसी व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ ।

नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहकले आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने र ग्राहकले बैंकको वेबसाइटमा रहेको ई–केवाईसी पोर्टलमार्फत आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको छ । साथै ग्राहकलाई यस बैंकको वेबसाइटमा रहेको ई–केवाईसी पोर्टलमार्फत आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न बैंकले अनुरोध पनि गरेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालय, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ नारासहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु ३ अर्ब १५ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुभmाई सकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।