काठमाण्डौ । एनआई सी एशिया बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमाबापत बैंकका दुईजना ग्राहकलाई रु. १५ लाख प्रतिव्यक्तिका दरले रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ। 

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमईनिवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचारबापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाण्डौस्थित बुढानिलकण्ठनिवासी वसन्तराज कुँवरकी पत्नी पूजा कुँवरलाई क्यान्सर रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको हो। सुपर चमत्कारिक बचत खातामा खातावालाका साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ। श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ। 

उच्च व्याजदर र अतुलनीय फाइदाले भरिपूर्ण बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितव्यका लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ। यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रु. १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रु. १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत रु. १ लाख (अस्पताल भर्नामा रु. ८० हजार र बहिरंग उपचारमा रु. २० हजार) सँगै विभिन्न निःशुल्क सुविधा पाउन सकिन्छ। यस्ता अनुपम तथा अतुलनीय सुविधा भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहकसमक्ष निकै नै लोकप्रिय बनेको छ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले गत २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहकमाझ ल्याउँदै आएको छ। 

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजनाअन्तर्गत खाता खोल्दा न्यूनतम रु. २० हजारदेखि रु. १ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ। ग्राहकले यस खातामा प्राप्त रु. २१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब रु. १४ हजारबराबर बीमा शुल्कबापत थप बुझाउनुपर्ने हुन्छ। जसकारण ग्राहकलाई करिब रु. १४ हजार प्रत्यक्ष फाइदा पुग्छ। 

त्यस्तै कर्जासम्बन्धीे चमत्कारिक सुविधाबाट रु. १ लाख १३ हजारसम्मको फाइदा लिन सकिनेछ भने नेपालभरका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ, निःशुल्क आईभीआर सेवा, निःशुल्क ई–कमर्स सेवा, स्विप इन–स्विप आउटलगायत जम्मा सेवाको बजार मूल्य गणना गर्दा खातावालाले करिब रु. ८७ हजारबराबरको फाइदा लिन सक्नेछन्। 

बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जनाभन्दा बढी ग्राहकले बीमाबापतको रू. १ करोड ३३ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ।