काठमाण्डौ। आज बजारमा कारोबार खुलेको १० मिनेटभित्रै एनआईसी एसिया लघुवित्तको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको उछाल आएपछि पोजेटिभ सर्किट लागेको हो। यो बढोत्तरीसँगै कम्पनीको सेयर प्रतिकित्ता ४० रुपैयाँ बढेर ४४० रुपैयाँको उचाइमा पुगेको छ। 

उता मार्केट डेप्थमा यो कम्पनीको खरिदचापमात्र देखिएको छ। यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा ३ लाख २४ हजार ६४९ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ एउटा पनि पोस्ट भएको छैन।