काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कोरोबारमा आएको तेस्रो दिन मंगलबार पनि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएर पोजेटिभ सर्किट लागेको छ। 

योसँगै यो कम्पनीको सेयरमूल्यमा लगातार तीन दिनदेखि पोजेटिभ सर्किट लागेको छ। आज पनि यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भयो र पोजेटिभ सर्किट लाग्यो।

आज पनि यो कम्पनीको सेयर ४४ प्रतिकित्ता बढेर ४८४ रुपैयाँ पुगेको छ। 

यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयरमा खरिदचापमात्र देखिएको छ। त्यहाँ ३ लाख ४४ हजार ७८९ कित्ता सेयर खरिदका लागि पोस्ट भएको छ। बिक्रीतर्फ भने एउटा पनि पोस्ट भएको छैन। 

गत साता बिहीबारदेखि यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको थियो। कारोबार सुरु गरेको पहिलो दिन बिहीबारै यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको थियो। 

यसैगरी यो साता कारोबारको पहिलो दिन आइतबार अर्थात यो कम्पनीको सेयर कारोबार सुरु भएको दोस्रो दिन पनि उछाल देखियो। यो दिन पनि कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्यो।