काठमाण्डौ। एनआईसी एसिया बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ग्राहकमाझ ल्याइसकेको छ। 

वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण रहेका यी कर्जामा ग्राहकको उत्साहपूर्ण सहभागिता भइरहेको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ इतिहासमै पहिलोपटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ बाट हेर्न सकिने व्यवस्था गरेको छ। सेवाग्राहीले बैंकको वेबसाइट www.nicasiabank.com मा गएर ‘लोन बेनिफिट क्यालकुलेटर’ मा गई वर्तमान अवस्थामा आफूले उपभोग गर्दै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्नेछन्। यसमा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात सेवाग्राहीले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाबसमेत सरल तरिकाले थाहा पाउन सक्नेछन् र आफनो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जासम्बन्धी उचित निर्णय लिन सक्नेछन्।

सहज तथा सरल बैंकिङको अभ्यासमा जोड दिँदै आएको यो बैंकले सेवाग्राही आफूले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिएबमोजिम बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्थासमेत गरेको छ। यसमा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाइनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ। 

सेवाग्राहीले आवेदन दिएको ४८ घन्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ। साथै, आवेदकको कर्जा स्वीकृतिको अवस्थाबारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहकले यस बैंकको वेबसाइटमा गई लोन स्टाटससमेत आफै ट्र्याक गर्न सक्नेछन्। 

बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधासमेत ग्राहकमाझ ल्याएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आम ग्राहकको आवश्यकतालाई पहिचान गरी बैंकले सुपर चमत्कारिक घर कर्जाअन्तर्गत फ्लेक्जिबल ईएमआईमार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैँले निधारण गरेर भुक्तानी गर्न सक्ने नवीनतम सुविधा ल्याएको छ। 

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जाहरुबारे ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सकिन्छ। ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ।